Bollywood Super Star Rajesh Khanna Died
वलिउडका चर्चित अभिनेता राजेश खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखी थलिएका खन्नाको उहाँकै निवास मुम्वईमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । खन्नालाई गत मंगलवार मात्रै लिलावति अस्पतलावाट घर ल्याईएको थियो । भारतमा भएको ट्यालेन्ट शो प्रोग्राममा सहभागी १० हजार प्रतियोगिलाई पछि पार्दै जित हासिल गरेपछि,खन्ना फिल्म उद्योगमा प्रवेश गरेका थिए । सन् १९६० र ७० को भारतीय उद्योगमा खन्नाको अभिनयले निकै तहल्का मच्चायो । खन्नाले सन् १९६६ मा आखिरी खतवाट अभिनयको सुरुवात गरेका थिए । सन् १९६९ मा आराधना फिल्मवाट खन्ना अझै वढि चर्चित भए । राजेश खन्नाले अभिनय गरेका कटी पतंग,अमर प्रेम,अपना देश,अगर तुम न होते,अवतार,हमदोनो फिल्म निकै चर्चित छन् । १ सय ६३ वटा फिल्ममा अभिनय गरेका खन्नाको १ सय ३ वटा फिल्म सुपरहिट भएका छन् । कांग्रेसका तर्फवाट सन् १९९१ मा सांसद समेत वनेका खन्नाले सन् २००० देखि फिल्मी क्षेत्रमा निस्क्रिय भएका थिए ।