Emergency Landing Yeti Airlines Pokhara Airport
चरा ठोक्किएर विमानमा समस्या देखिएपछि पाइलटले केही मिनेटमा नै विमान फर्काएर आकस्मिक अवतरण गराएका हुन । चरा ठोक्किएसँगै विमानमा खरावी देखिएपछि विमान चालकले पोखरा विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भएका थिए । चालक दलका तीन सहित उनान्तिस यात्री लिएर उडेको जहाजमा केहि समयमै खरावी देखिएपछि अवतरण गरिएको हो । विमान आकस्मिक अवतरणपछि अलपत्र यात्रीहरुलाई यति एयरलायन्सले अर्को विमानमार्फत काठमाडौं ल्याएको छ ।