Archive:
Showing posts with label News Gossips. Show all posts
उनले प्रोमो तयार पार्दा ती दृश्यहरु आकर्षक लागेकाले चलचित्रमा राखेको वताए । चलचित्रको प्रोमोमा चुम्वन नै विकाउन खोजेको देखिन्छ । चलचित्रमा नायक सुमन सिंह पनि छन् । सुमन र जिवनको घम्सा घम्सी र व्ल्याक मेलमा आधारीत रहेर सिनेमा तयार भएको छ । चलचित्रलाई शरद अधिकारीले निर्माण गरेका हुन् ।
राजेश हमालका लागि मरिहत्ते गर्ने फ्यानको कमी छैन । हमालसाग बिहे गर्न रुचाउने पनि धेरै छन् । तर, हमालले यी सबै फ्यानको चाहनालाई बेवास्ता गर्दै यतिखेर विराटनगरतिरकी एक २५ वर्षीया युवतीसाग डेट गरिरहेको खबर आइरहेका छन् । आगामी वर्ष बिहे गर्ने तयारीमा रहेका हमालले उनको मायामा बरफझैं पग्लिन थालेको समेत बताउने गरेका छन् । यसैबीच अर्की एक युवती वर्षौंंदेखि राजेशसाग बिहे गर्ने इच्छा सााचेर बसेकी छन् । साढे दुई वर्षको उमेरदेखि राजेशलाई मन पराउन थालेकी अभिरुचि बुढाथोकी यति बेला १९ वर्ष पुगेकी छिन् । राजेशसागको आकर्षणबारे अभिरुचिसित नेपाली खबरले गरेको कुराकानी :कति वर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?
यस्तै, साढे दुई वर्षकी थिएँ । त्यति बेलादेखि उहाँप्रतिको मेरो चाहना बढेको हो ।
त्यति सानो उमेरदेखि कसरी हमालप्रतिको लगाव बढ्यो ?
ममी र दिदी सिनेमा हेर्न जानुभएको थियो । त्यतिबेला राजेश हमालले अभिनय गरेको चलचित्र गोपीकृष्ण हलमा लागिरहेको थियो । सिनेमा हेर्दै जाँदा भिलेनले उहाँलाई छुरी हानेको दृश्य थियो । त्यो दृश्य हेर्दै जाँदा म बेहोश भएर ढलेछु । पछि, अस्पतालमा पुर्याउँदा डक्टरले राजेश हमाललाई भेटाउनुपर्छ भनेछन् । यसपछि, ड्याडी, मामा र अंकलले मलाई हमालसँग भेटाउनुभयो । भेटमा मैले उहाँलाई म तपाईसँग बिहे गर्छु भनेकी थिएँ ।बिहे गर्छु भन्दा के भन्नुभयो राजेशजीले ?
उहाँले मलाई सधैँ नै प्रोत्साहन दिने काम गर्नुभयो । तिमी स्कुल टप भयौ, कलेज टप भयौ भने तिमीले सोचेको पूरा हुन्छ भन्नुभएको थियो ।
यसपछि कतिपटक भेट भयो राजेशसँग ?
त्यसपछि कतिपटक भेट भयो मलाई नै याद छैन । तर, उहाँले मलाई प्राय: चोभारमा सुटिङ हुँदा बोलाउनुहुन्थ्यो ।
अन्यत्र भेट भएन ?
प्राय: उहाँको गीतको सुटिङ हुने बेलामा । सुटिङमा उहाँले नायिकासँग अंगालो मार्दा मलाई रिस उठिहाल्थ्यो । कतिपटक त मैले नायिकाहरूलाई हात हालेकी छु ।
बाफ रे कति धेरै क्रेजी हुनुभएको उहाँप्रति ?
मलाई थाहा छैन । तर, मलाई उहाँले जे गरे पनि मन पर्छ । उहाँ नाचेको, बोलेको, हाँसेको सबै कुरा मन पर्छ ।
अझै पनि राजेशसँगै बिहे गर्ने भन्नेमा ढुक्क हुनुहुन्छ ?
पहिले जस्तो बिहे नै गर्नुपर्छ भन्ने कुरामा म अडिग छैन । किनकि, सबै सम्बन्धको अन्तिम विन्दु बिहे नै होइन । तर, हमालले आएर म तिमीसँग बिहे गर्न चाहन्छु भनेर प्रपोज गर्नुभयो भने म तयार छु ।
उहाँकी प्रेमिका छिन् भन्ने थाहा छ ?
किन थाहा नहुनु ? सबै कुरा थाहा छ । प्रेमिकाको नाम पनि थाहा छ, यहाँ भन्नुपर्छ भन्ने लाग्दैन ।
प्रेमिका छ भन्ने सुन्दा रिस उठ्दैन ?
जतिबेला म उहाँसँग बिहे गर्छु भनेर जिद्दी गर्थेँ त्यतिबेला पनि उहाँको प्रेमिका छ भन्ने मलाई थाहा थियो । म १४ वर्षकी हुँदादेखि नै युवतीसँगको सम्बन्धमा छु भनेर उहाँले मलाई भन्नुभएको थियो ।
प्रेमिका छ भन्ने थाहा पाएरै बिहेप्रतिको तपाईंंको क्रेज घटेको हो ?
कृपया मलाई हमालको प्रेमिकासँग तुलना नगर्नुहोस् किनकि हिजो पनि म हमालको फ्यान थिएँ, आज पनि छु र भोलि पनि रहिरहनेछु ।
तपाईं पनि तरुनी भइसक्नुभयो, प्रेममा पर्नुभएको छैन ?
आजसम्म छैन ।
तपाईंको बिहे राजेश हमालसँग भएन भने के गर्नुहुन्छ ?
उहाँको बिहे नभई म कसैसँग बिहे गर्दिनँ । यो उमेरसम्म पनि उहाँको बिहे नहुँदा चाहिँ मेरै लागि पर्खेको हो कि जस्तो लाग्छ ।
कहिलेसम्म रहन्छ हमालप्रतिको यस्तो क्रेज ?
सधैँभरि । भोलि मेरो अन्तै बिहे होला, त्यो बेला छोराछोरी बोकेर उहाँलाई भेट्न जानेछु ।
साभार:सौर्य दैनिक
विष्णु भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘माई व्रदर’को प्रोमो सार्वजनिक भएको छ । अनलाइनखवर मार्फत पहिलो पटक यो सिनेमाको प्रोमो सार्वजनिक गरीएको हो ।
चलचित्रमा नायिका सुमिना घिमिरेका साथमा दिपक पाण्डेले मुख्य भुमिकामा अभिनय गरेका छन् । चलचित्रमा नायक जिवन लुईटेलको टाउको पनि विकाउन खोजीएको छ । सरु भट्टराई र मैनादेवी भण्डारीले निर्मण गरेको चलचित्रको प्रोमो आकर्षक वनाइएको छ ।
तिज पछि रिलीजमा आउन लागेको यो सिनेमाबाट नै नायक दिपक पाण्डेले चलचित्र क्षेत्रमा व्रेक पाएका हुन् । चलचित्र पारीवारीक र वौद्धिक व्यक्तिका लागि तयार पारिएको निर्देशक भट्टराईले वताएका छन् । चलचित्रको प्रोमो यस्तो रहेको छ ।






